नियम ४
माग संकलन र पदसंख्या निर्धारण
: (१) सेवाका राजपत्रांकित प्रथम र द्वितीय श्रेणीको रिक्त पद पुर्तिकालागि सम्बन्धित निकायले अनुसुची – २ बमोजिमको माग आकृति फाराम भरी आयोगमा लेखि पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम माग प्राप्त भएपछि आयोगले संघीय न्याय सेवाका राजपत्रांकित प्रथम र द्वितीय श्रेणीका हकमा सेवासँग सम्बन्धित कानूनमा निर्धारण गरिएको प्रतिशतका आधारमा अनुसुची-३ मा उल्लिखित सुत्र बमोजिम पदसंख्या निर्धारण गर्नेछ ।
(३) उपनियम (२) बमोजिम पदसंख्या निर्धारण भै सकेपछि सचिवालयले आन्तरिक र खुला प्रतियोगिताबाट पुर्ति हुने पदका लागि लोकसेवा आयोगमा लेखि पठाउनु पर्नेछ ।